तोयम राया महालेखापरीक्षकमा नियुक्त

काठमाडौं : तोयम राया महालेखापरीक्षक पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आज संवैधानिक परिषद्को सिफारिसमा रायालाई महालेखापरीक्षक पदमा नियुक्त गरेका हुन् ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम मोरङका रायालाई महालेखापरीक्षक पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१ १२:४३
प्रतिक्रिया दिनुहोस्