नेपाल न्युज प्वाइन्ट डटकम
छुटे एन्फाका उपाध्यक्ष दावा लामा

काठमाडौं : लागुऔषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा छुटेका छन् । 

लागुऔषध मुद्दामा ५ वर्ष कैद सजाय सुनाइए पनि सर्वोच्च अदालतबाट उनले पहिले नै तारेखमा राख्नु भन्ने आदेश लिएको खुलेपछि लामा बिहीबार छुटेका हुन् । उच्च अदालतको फैसलाविरुद्ध उनी सर्वोच्च गएको र सर्वोच्चले तत्काल पक्राउ नगरी तारेखमा राख्नु भन्ने आदेश दिएको खुलेपछि उनी रिहा भएका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयले बुधबार लामालाई पक्राउ गरेको थियो । उपाध्यक्ष लामा खैरो हिरोइन बिक्रीमा संलग्न भएको र लामालाई तत्कालीन पुनरावेदन अदालत पाटनले २०६४ जेठमा ५ वर्ष कैद सजाय सुनाएको थियो । तर उनले कैद भुक्तान गरेका थिएनन् । 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update