सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारीले पेस गरे दाबी

काठमाडौं : सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेस गरेका छन् ।
बिहीबार दिउँसो उनले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
वैशाख ४ गते साँझ ६ बजेतिर स्पष्ट बहुमत नरहेको भन्दै सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले पुनः मुख्यमन्त्रीमा बहुमत जुटाएर दाबी पेस गर्न आह्वान गरेका थिए । सोडारीले अन्तिम दिन दाबी पेस गरेका हुन् ।
साेडारीलाई नेकपा माओवादीका १०, एमालेका १०, नागरिक उन्मुक्तिका २, स्वतन्त्र १ र एकीकृत समाजवादी पार्टीका ४ जना सासंदको समर्थन रहेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१ १६:११
प्रतिक्रिया दिनुहोस्