नेपाल न्युज प्वाइन्ट डटकम
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

काठमाडौं : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त भएका छन् । प्रदेश प्रमुख नजिर मियाँले बिहीबार सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

साेडारीले एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

यसअघि वैशाख २ गते नागरिक उन्मुक्ति पार्टीबाट दुई जना सांसदले सर्मथन जुटाएर छुट्टाछुट्टै मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । तर प्रदेश प्रमुख मियाँले दुवै दाबीका आधारमा निष्कर्षमा पुग्न नसकिएको भन्दै पुन: मुख्यमन्त्रीमा दाबी आह्वान गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update