नेपाल न्युज प्वाइन्ट डटकम
नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य

काठमाडौं : एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले यूएईलाई १२० रनको सामान्य लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन मात्र बनाउन सक्यो ।

नेपालका सन्दीप जोरा बाहेक अन्य कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् । नेपालका लागि सन्दीप जोराले अर्धशतकीय इनिङ खेले । उनले ४० बलमा ४ चौका र २ छक्काको सहयोगमा ५० रन बनाए । गुल्शन झाले १६ बलमा १ चौका र १ छक्काको सहयोगमा २० रन बनाए भने करण केसीले १२ बलमा २ छक्काको सहयोगमा १७ रन बनाए ।

यस्तै आसिफ शेखले ११ बलमा ८ रन, दीपेन्द्र सिंह एरीले ८ बलमा ५ रन बनाउँदा कप्तान रोहित पौडेलले १८ बलमा ५ रन बनाए । कुशल मल्लले ५ बलमा ३ रन, सोमपाल कामीले ३ बलमा २ रन, ललित राजवंशीले ३ बलमा २ रन तथा अभिनाश बोहोराले ३ बलमा १ रन बनाए । नेपालका ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट भए ।

यूएईका लागि जुनइद सिद्धिकी, अली नासीर र बासिल हमीदले २-२ विकेट लिए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update