-1713516538.jpg)
काठमाडौं : सभामुख देवराज घिमिरले प्रतिनिधि सभामा समानुपातिक निर्वाचन प्रणालीद्वारा नवनिर्वाचित सांसद हसिना खानलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
सिंहदरबारस्थित संसद सचिवालयमा आज आयोजित कार्यक्रममा सभामुख घिमिरले सांसद खानलाई पद तथा गोपनीयताको शपथ गराए । सभामुख घिमिरले सांसद खानलाई सांसद अंकित प्रतीक चिह्न (लोगो) र खादा ओडाएर बधाई ज्ञापन गरे ।
संघीय संसदको कानूनबमोजिम कुनै पनि नवनिर्वाचित सदस्यले बैठकमा भाग लिनु अघि सभामुख समक्ष पद तथा गोपनीयताको सपथ लिनुपर्ने कानूनी व्यवस्था छ । सो अवसरमा सचिवालयको तर्फबाट संघीय संसदका महासचिव पद्यप्रसाद पाण्डेयले बधाई तथा शुभकामना व्यक्त गर्दै संसद सचिवालयद्वारा उपलब्ध गराउने नेपालको संविधान, संसद नियमावलीलगायत अन्य कानुन कागजातहरु उपलब्ध गराए ।
सांसद खान जनता समाजवादी पार्टीबाट निर्वाचित भएकी हुन् । केही समयअघि सो पार्टीका मञ्जु अन्सारी शर्माको निधन भएपछि सांसद खान निर्वाचित भएको जानकारी निर्वाचन आयोगले संसद सचिवालयलाई जानकारी गराएको थियो ।