नेपाल न्युज प्वाइन्ट डटकम
धरौटी बुझाउन नसकेपछि दीपेश पुन थुनामा

काठमाडौं : पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि थुनामा गएका छन् ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले धरौटीमा रिहा गर्न आदेश दिए पनि धरौटी नुबझाएपछि उनी थुनामा गएका हुन् ।

जिल्ला अदालत रूपन्देहीले शुक्रबार सुप्रिम सहकारी ठगी प्रकरणमा पुनलाई चार लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको थियो ।

सहकारी ठगी प्रकरणमा अध्यक्ष ओमप्रकाश गुरूङ लगायत ६ जनासहित पक्राउ परेका पुनलाई जिल्ला अदालतका न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले धरौटीमा छोड्ने आदेश दिएको थियो ।

अहिलेसम्म धरौटी नबुझाएका कारण नवीन अछामी पनि थुनामा गएका छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update