वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म भत्किसक्छ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म भत्किसक्ने दाबी गरेका छन् ।
शनिबार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कट्न नसक्ने बताए ।
उनले भने, 'अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कटाएछ भने तपाईहरुको बीचमा फेरि जवाफ दिन आउनेछु ।'
महामन्त्री थापाले चुनावअघि गर्ने गठबन्धनलाई अब बिदाई गर्ने बेला आएको बताए । चुनावअघिको गबठन्धनले देशको राजनीतिलाई विकृत बनाएको उनको भनाइ छ ।
प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१ १५:३९
प्रतिक्रिया दिनुहोस्