प्रधानमन्त्री प्रचण्ड भन्छन्- 'कम्युनिष्टहरुको एकताका लागि प्रयास जारी राख्नुपर्छ'

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरुको एकताका लागि प्रयास जारी राख्नुपर्ने बताएका छन् ।
सोमबार नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै उनले कम्युनिष्टहरूलाई एकतावद्ध गर्नु नै देशको, गणतन्त्रको, राजनीतिक संघर्षको निम्ति आवश्यकता रहेको मनन गरेर ०७४ सालमा वाम एकता गरेको स्मरण गरे ।
वाम एकतालाई आम जनताबाट अनुमोदन भएको भन्दै सही कामको निम्ति प्रयास जारी राख्ने उनको भनाइ थियो ।
राष्ट्रिय स्वाधिनताको विषय, त्यसको सुदृढीकरण, लोकतन्त्रको सुदृढीकरण र जनताका दैनिक समस्या समाधानका निम्ति समाजवादको विकल्प नभएको भन्दै उनले त्यसका लागि सबै कम्युनिष्ट पार्टीहरु एक हुनुपर्ने धारणा राखे ।
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१ ११:४०
प्रतिक्रिया दिनुहोस्