नेपाल न्युज प्वाइन्ट डटकम
कम्युनिष्टहरुबीच तत्काल एकता हुने सम्भावना छैन : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल कम्युनिष्टहरुबीच एकता हुने सम्भावना नरहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को हीरक महोत्सवका अवसरमा गोदावरीमा आयोजित समारोहमा सम्बोधन गर्दै उनले कम्युनिष्टहरुबीच एकता हुने सम्भावना तत्काल नरहेकाले अहिले सहकार्यलाई अगाडि बढाउँदा उपयुक्त हुने बताए । सहकार्यको माध्यमबाट निकट हुँदै जाँदामात्र भविष्यमा एक हुने सम्भावना रहेको उनको भनाइ थियो ।

अध्यक्ष ओलीले नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएपछि लाभै लाभ भएको दाबी गरे । उनले अहिलेका गौरवका दिनहरू बलिदानबाट आएको उल्लेख गर्दै  आफूहरूविरुद्ध दमन भए पनि संघर्ष गरिरहेको बताए ।

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update