नेपाल न्युज प्वाइन्ट डटकम
तोलामा दुई हजार सात सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं : स्थानीय बजारमा सुनको मूल्यमा आज गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा नै दुई हजार सात सय रुपैयाँले ओरालो लागेको छ ।

सोमबार तोलामा एक लाख ३८ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ३५ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै, तेजाबी सुन सोमबार तोलामा एक लाख ३७ हजार पाँच सय रुपैयाँमा कारोबार भएकोमा आजका लागि भने एक लाख ३४ हजार आठ सय ५० रुपैयाँ निर्धारण भएको छ । 

महासंघका अनुसार चाँदीको मूल्य आज तोलामा ४५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला एक हजार सात सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार छ सय ६० रुपैयाँ निर्धारण भएको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update