नेपाल न्युज प्वाइन्ट डटकम
कर्णालीमा माओवादीका रणसिंह परियार बने मन्त्री

काठमाडौं : कर्णाली प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रबाट रणसिंह परियार मन्त्रीमा नियुक्त भएका छन् । 

मुख्यमन्त्री यामलाल कँडेलले गठबन्धन घटक माओवादीका सांसद परियारलाई बुधबार बिनाविभागीय मन्त्री नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्री परियारले पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका हुन् । 

परियार हुम्ला प्रदेश सभा (क)बाट निर्वाचित सांसद हुन् ।

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update