
काठमाडौं : नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बुधबार एक सूचना जारी गरेर सांसद गुरुङको निलम्बन फुकुवाको जानकारी दिएका हुन् ।
सर्वोच्चले अदालतले १६ चैतमा अख्तियारको निर्णय र त्यसका आधारमा गरिएका परिपत्रहरू बदर गर्ने फैसला सुनाएको थियो । सोही आधार देखाउँदै संसद सचिवालयले उनको निलम्बन फुकुवा गरेको हो ।
भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले सांसद गुरुङलाई निलम्बन गर्ने भनि संघीय संसद सचिवालयबाट जारी सूचना बदर गरिदिएको थियो ।
विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा गुरुङ मतियार ठहर भएका थिए । उनको हकमा कैद ठहर भएको थिएन भने जरिवाना गरिएको थियो । उक्त मुद्दा सर्वोच्च अख्तियारले पुनरावेदन गरेपछि गुरुङले निलम्बन फूकुवा हुनुपर्ने भन्दै रिट दायर गरेका थिए ।
कांग्रेस नेता गुरुङ २०७९ मंसिरको चुनावमा मनाङबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।