नेपाल न्युज प्वाइन्ट डटकम
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् ।

बिहीबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कँडेललाई दुई दलका २३ सांसदले विश्वासको मत दिएका हुन् । ४० जना सांसदमध्ये मतदानमा ३५ जना सहभागी थिए ।

कँडेलको पक्षमा २३ मत परेको छ भने विपक्षमा १२ मत परेको हो भने एक मत तटस्थ रहेको छ ।

कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन् । कांग्रेसका एक सांसद निलम्बनमा परेका छन् ।

यसैगरी राप्रपा, एकीकृत समाजवादीका एक/एक र स्वतन्त्र एक सांसद छन् ।

आजको बैठकमा कांग्रेसका तीन सांसद् उपस्थित भएनन् । राप्रपा तटस्थ बसेको छ । प्रदेश सभामा बहुमतका लागि २१ मत आवश्यक पर्छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update