नेपाल न्युज प्वाइन्ट डटकम
उपनिर्वाचन : इलाममा ५८ र बझाङमा ५० प्रतिशत मतदान

काठमाडौं : इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि शनिबार उपनिर्वाचन भएको छ । दुबै ठाउँमा मतदान शान्तिपूर्ण र उत्साहपूर्ण रहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले जारी गरेको विज्ञप्ति अनुसार इलाम–२ मा ५८ प्रतिशत र बझाङ–१ को प्रदेशसभा निर्वाचन क्षेत्रमा ५० प्रतिशत मतदान भएको छ । 

इलाममा आजै मतगणना शुरू गर्ने तयारी गरिएको छ । इलामका प्रमुख निर्वाचन अधिकृत केशवकुमार  घिमिरेले सबै मतदानस्थल र केन्द्रमा मतगणना सम्पन्न भएको र आजै रातिदेखि मतगणना शुरू गर्ने तयारी रहेको जानकारी दिए। 

बझाङमा भने आजै मतगणना शुरू गर्न सम्भव नभएको प्रमुख जिल्ला अधिकारी विश्वमित्र कुइकेलले जानकारी दिए । साइपालबाट मतपेटिका ल्याउन हेलिकोप्टर तयारी अवस्थामा राखिएको भएपनि पानी परेका कारण मौसम अनुकूल नभएको उनले बताए । 

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update