लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् ।
नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी गरेका हुन् ।
आइतबारदेखि लगानी सम्मेलन शुरु भएको छ। सम्मेलनमा ५५ देशबाट लगानीकर्ता नेपाल आएका छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१ ११:३३
प्रतिक्रिया दिनुहोस्