काठमाडौं जिल्ला अदालतबाट एक थुनुवा हत्कडीसहित फरार

काठमाडौं : काठमाडौं जिल्ला अदालत परिसरबाट एक जना थुनुवा हत्कडीसहित फरार भएका छन् । बुधबार दिउँसो ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
खड्कालाई ठगी मुद्दामा म्याद थपका लागि अदालत लगिएको थियो । खड्कालाई डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भूले पक्राउ गरेको थियो । उनको खोजी गर्न प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, पुस १८, २०८० १७:५२
प्रतिक्रिया दिनुहोस्