नेपाल न्युज प्वाइन्ट डटकम
वेस्ट इन्डिज 'ए'ले नेपाललाई दियो १६१ रनको लक्ष्य

काठमाडौं : वेस्ट इन्डिज 'ए'ले दोस्रो टी-२० खेलमा घरेलु टोली नेपाललाई १६१ रनको लक्ष्य दिएको छ । 

टीयु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको वेष्ट इण्डिज एले निर्धारिक २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनायो । 

वेष्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले सर्वाधिक ४३ रन बनाए । कप्तान रोस्टन चेज २३, केसी काटी १०, जोनसन चार्ल्स ११ र एलिक अथान्ज ६ रनमा आउट भएका थिए । गुडाकेश मोती ८ बलमा ३१ र म्याथ्यु फर्ड ६ बलमा ११ रनमा अविजित रहे ।

नेपालका स्पिनर सागर ढकालले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । कुशल भुर्तेलले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले १(१ विकेट लिए । 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १३:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update