नेपाल न्युज प्वाइन्ट डटकम
शंखमुलको दोभान चोकमा आगलागी

काठमाडौं : काठमाडौंको शंखमुलमा आगलागी भएको छ ।

आइतबार दिउँसो शंखमुलको दोभानचोकको मोटरसाइकल वर्कशपबाट आगलागी शुरू भएको हो । आगलागीबाट त्योसँगै जोडिएका कार वर्कशप र दुई वटा टहरामा पनि क्षति पुगेको छ ।

ललितपुर महानगरपालिकाका दुई वटा दमकल, काठमाडौंको जुद्ध वारुणयन्त्रसहित प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने क्रम जारी छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update