नेपाल न्युज प्वाइन्ट डटकम
बझाङ उपनिर्वाचन : एमालेका भण्डारी झिनो मतले अगाडि

बझाङ : बझाङ-१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता लिएका छन् ।

जयपृथ्वी नगरपालिका, खप्तडछान्ना, छविसपाथिभेरा, सुर्मा, मष्टा, थलारा गाउँपालिका-९ र तलकोट १ र २ को मतगणनापछि कांग्रेसभन्दा एमाले नौ मतले अगाडि देखिएको हाे ।

पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले नौ हजार आठ सय ८९, एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले नौ हजार आठ सय ८० मत प्राप्त गरेका छन् ।

साथै नेकपा माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले तीन हजार छ सय ५४, नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले दुई हजार चार ८५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update