नेपाल न्युज प्वाइन्ट डटकम
आयोगका उपाध्यक्ष र विश्व बैंक देशीय निर्देशकबीच भेटवार्ता

काडमाडौं : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ र विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंका हेर्ने देशीय निर्देशक (कन्ट्री डाइरेक्टर) फारिस हदाद जार्वोसबीच भेटवार्ता भएको छ ।

आज सिंहदरबारस्थित आयोगको कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको आयोगका उपाध्यक्ष श्रेष्ठको सचिवालयले जनाएको छ । भेटवार्तामा विश्व बैंकको कन्ट्री पार्टनरसीप फ्रेमवर्क (सिपिएफ) र नेपालको १६औं आवधिक योजनाबीच कसरी तादम्यता मिलाउने भन्ने विषयमा छलफल हो ।

भेटवार्ताका क्रममा आयोगका उपाध्यक्ष श्रेष्ठले हाल मस्यौदा निर्माणको क्रममा रहेको १६औं योजना पूर्वाधार निर्माण, सामाजिक क्षेत्र सुधार, उत्पादन अभिवृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने बताए ।

विद्यमान संरचनात्मक समस्याहरु पहिचान गरी समाधान गर्न १६औं योजनाले विशेष ध्यान दिएको श्रेष्ठले उल्लेख गरे । विश्व बैंकलगायतका विकास साझेदारहरुले नेपालका लागि गरेको सहयोगका लागि उपाध्यक्ष श्रेष्ठले उनले धन्यवाद व्यक्त गरे ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update