सुदूरपश्चिममा सरकार विस्तार, नाउपाकी थापाले लिइन् कृषि मन्त्रीको शपथ
कैलाली : सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले सरकार विस्तार गरेका छन् । मुख्यमन्त्री सोडारीले मंगलबार नागरिक उन्मुक्ति पार्टी (नाउपा)की टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्री थापाले पद तथा गोपनीयताको शपथ पनि ग्रहण गरेकी छन् । थापालाई प्रदेश प्रमुख नजिर मियाँले शपथ ग्रहण गराएका हुन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१ १३:२६
प्रतिक्रिया दिनुहोस्