नेपाल न्युज प्वाइन्ट डटकम
पर्वत दम्पती हत्या प्रकरण : घटनामा संलग्न दुई जना पक्राउ

काठमाडौं : पर्वतको जलजला गाउँपालिका-२, मल्लाजमा भएको एक दम्पतीको हत्यामा संलग्न रहेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्वतकै कृष्ण विक र दिपक परियार रहेको सीआईबीले जानकारी दिएको छ ।

सीआईबीका एसपी होबिन्द्र बोगटीले लुटपाट भएको सुनसहित उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए । विकलाई पर्वत र परियारलाई पोखराबाट पक्राउ गरेर थप अनुसन्धान गरिरहेको उनले बताए ।

पर्वतको जलजला गाउँपालिका–२ स्थित मल्लाज दहमा चैत १९ गते ६८ वर्षीय सूर्य बहादुर जिसी र उनकी पत्नी ६५ वर्षीया गमला जिसीको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।उनीहरुको घाँटी र टाउकोमा चोट लागेको थियो । अहिलेसम्मको अनुसन्धानमा लुटपाट गर्ने उद्देश्यले नै हत्या भएको देखिएको एसपी बोगटीले बताए ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update