नेपाल न्युज प्वाइन्ट डटकम
गोदावरीमा डढेलो निभाउने क्रममा दुई जना घाइते, कुष्ठरोग अस्पतालका बिरामीलाई अन्यत्र सारियो

ललितपुर : ललितपुरको गोदावरी नगरपालिका-४ बडिखेल जंगलमा डढेलो निभाउने क्रममा दुई जना घाइते भएका छन् । घाइते हुनेहरूमा स्थानीय शंकर पहरी र रमेश पहरी रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरूलाई उपचारका लागि कीर्तिपुरस्थित वर्न अस्पतालमा पठाइएको छ भने घाइते एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

ललितपुरको गोदावरीस्थित लेले जंगलमा ३–४ दिनदेखि लागेको डढेलो आनन्द वनमा पनि फैलिएको छ । आनन्द वनमा पनि डढेलो फैलिँदा कुष्ठरोग अस्पतालका बिरामी अन्यत्र सारिएको छ ।

डढेलो फैलिएपछि अस्पताल पनि जोखिममा परेकाले त्यहाँ रहेका ९३ जना बिरामी सारिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १३:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update