नेपाल न्युज प्वाइन्ट डटकम
कतारबाट फर्किएका नेपालीलाई काठमाडौंमा बन्धक बनाएर कुटपिट, दुई जना पक्राउ

काठमाडौं : अपहरण तथा शरीर बन्धक गर्न संलग्न रहेको अभियोगमा प्रहरीले मंगलबार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं सिनामंगल बस्ने सर्लाही मलंगवा नगरपालिका-३ घर भएका २५ वर्षीय अजिम अली र सोही नगरपालिका-७ बस्ने २५ वर्षीय एमडि सनी अलाही रहेका छन् ।

सप्तरी राजविराज नगरपालिका-१३ बस्ने पुरूष अपहरणमा परेको र मुक्त हुन ४ लाख ८० हजार दिनुपर्ने भन्दै  सोमबार साँझ प्राप्त सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं सिनामंगलबाट पीडितको उद्धार गर्नुका साथै दुवै जना अभियुक्तलाई पक्राउ गरेको हो । 

पीडित कतारबाट फर्किँदा अजिमका आफन्तले पठाएको २५ ग्राम सुन अजिमले नपाइ अर्कै व्यक्तिले सुन लगेको भन्दै अजिमले आफ्नो डेरामा जबरजस्ती लगि कुटपिट गर्नुका साथै पीडितको श्रीमतीलाई ४ लाख ८० हजार दिए पश्चात मात्र छाड्ने भनि विभिन्न किसिमका डर/त्रास तथा धाक धम्की दिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update