वेस्ट इन्डिज 'ए'विरुद्ध नेपालले पहिला फिल्डिङ गर्दै, दीपेन्द्रले कप्तानी गर्दै
काठमाडौं : नेपालले तेस्रो टी-२० खेलमा वेस्टइन्डिज 'ए'विरुद्ध टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजका कप्तान रोस्टन चेजले टस जितेर पहिला ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो ।
यस खेलमा दीपेन्द्रसिंह ऐरीले नेपाली टोलीको कप्तानी गर्ने छन् । नियमित कप्तान रोहितकुमार पौडेललाई आराम दिइएका कारण दीपेन्द्रले कप्तानी सम्हाल्न लागेका हुन् ।
नेपालको प्लेइङ ११
लोकेश बम, विनोद भण्डारी, अनिल कुमार शाह, कुशल मल्ल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, विवेक यादव, करण केसी, सागर ढकाल र कमलसिंह ऐरी ।
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१ १२:०५
प्रतिक्रिया दिनुहोस्