नेपाल न्युज प्वाइन्ट डटकम
नेपालको १६औं योजनाबारे भुटानी प्रधानमन्त्रीको चासो

काठमाडौं : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र भुटानका प्रधानमन्त्री छिरिङ तोग्बेबीच भेटवार्ता भएको छ ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ‘इसिमोड’को गभर्नर अफ बोर्ड बैठकमा सहभागी हुन थिम्पु भ्रमणमा रहेका आयोग उपाध्यक्ष श्रेष्ठले बुधबार प्रधानमन्त्री तोग्बेसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । उपाध्यक्ष श्रेष्ठ र प्रधानमन्त्री तोग्बेको थिम्पुस्थित प्रधानमन्त्री कार्यालयमा भेटघाट भएको हो । 

भेटवार्तामा दुई देशबीचको सम्बन्ध, पर्यटन, उर्जा तथा कृषि क्षेत्रको विकासका लागि आ–आफ्ना अनुभवहरुको आदान–प्रदान गर्दै नेपाल र भुटानबीच सहकार्य गर्ने विषयमा कुराकानी भएको छ ।

भेटवार्ताका क्रममा प्रधानमन्त्री तोब्गेले नेपालको १६औं योजनाले के–कस्तो विषयलाई जोड दिइएको छ भन्ने जिज्ञासा पनि राखेका थिए । 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update