नेपाल न्युज प्वाइन्ट डटकम
नेपाल वेस्ट इन्डिज ‘ए’सँग ७६ रनले पराजित

काठमाडौं : तेस्रो टी-२० खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’सँग ७६ रनले पराजित भएको छ । बुधबार भएको खेलमा वेस्ट इन्डिज ‘ए’ले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा १५१ रनमा अलआउट भयो । यससँगै सिरिजमा वेस्ट इन्डिज ‘ए’ले २-१ को अग्रता लिएको छ ।

नेपालका ओपनिङ ब्याटर विनोद भण्डारी १५ बलमा १९ रन, अनिल साह १० बलमा १४ रन र आरिफ शेख ६ बलमा ३ रन जोडे । नेपालका ओपनर लोशेक बमले २९ बलमा १ चौका र २ छक्काको मद्दतमा २८ रन जोडे । कुशल मल्लले ११ बलमा २ चौका र १ छक्काको सहयोगमा २० रन बनाए ।

गुल्सन झा ६ रन, विवेक यादव ३ रन र कप्तानको भूमीका रहेका दीपेन्द्रसिंह ऐरी ७ रनमै आउट भए । कमलसिंह ऐरीले पनि ६ रन मात्र जोड्न सके । यस्तै करण केसीले २८ रन जोडे । बलिङतर्फ वेस्ट इन्डिज ‘ए’का हेडल वाल्सले ३ विकेट लिए भने गुणाकेश मोतीले २ विकेट लिन सफल भए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै दुई सय २८ रनको योगफल बनाएको थियो । वेस्ट इन्डिज ‘ए’का लागि जोनसन चाल्र्सले शतकीय पारी खेले । उनले ६१ बलमा १३ चौका र सात छक्काको मद्दतमा एक सय १९ रन बनाए ।

यस्तै आन्द्रे फ्लेचरले ५३ रन बनाए । उनले  ३३ बल खेल्ने क्रममा चार चौका र र तीन छक्का हाने । यस्तै फबिएन एलेनले १९, एलिक एथानाजेले १७ तथा किमो पलले अविजित १३ रन बनाए । बलिङतर्फ नेपालका लागि करण केसी र सागर ढकालले एक-एक विकेट लिए ।

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update