नेपाल न्युज प्वाइन्ट डटकम
सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढ्यो

काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा एक लाख ३४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ३६ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।

यस्तै बुधबार एक लाख ३३ हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ३५ हजार आठ सय ५० रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला एक हजार छ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबारका लागि भने एक हजार छ सय ४५ रुपैयाँ निर्धारण भएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update