नेपाल न्युज प्वाइन्ट डटकम
गीतकार दिलीप योञ्जन तामाङको शब्दमा 'डम्फु र टुङ्ना' सार्वजनिक

काठमाडौं : गायक सुभ तामाङ  र गायिका सुमिना लो लामाको स्वरमा नयाँ सोनाम लोछार गीत 'डम्फु र टुङ्ना बजाउँदै' सार्वजनिक भएको छ । आस्था मिडिया युट्युब च्यानलमार्फत सन्सारभरि छरिएर बसेको तामाङहरूको नयाँ वर्ष सोनाम ल्होछार मनाउन नयाँ गीत 'सोनाम लोछार डम्फु र टुङ्ना' बोलको गीत सार्वजनिक गरिएको हो । 

तामाङ जातिको महान पर्व सोनाम ल्होछारले आपसी सद्भाव र मेलमिलापका लागि अगाडि बढाएको गीतकार योञ्जनको भनाइ छ । उक्त गीतमा डिवी लामाले संगीत भरेका छन् भने संगीत संयोजन जोगलाल लामाको रहेको छ । डम्फु र टुङ्ना बजाउँदै सोनाम ल्होछार मनाउनका लागि गीतमा आग्रह गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १९:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update