नेपाल न्युज प्वाइन्ट डटकम
ब्यान्डविथको भुक्तानी रोक्दा भारतबाट काटियो इन्टरनेट, देशभर इन्टरनेटमा समस्या

काठमाडौं : भारतबाट ब्यान्डविथ आपूर्ति रोकिँदा नेपालमा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

नेपालका निजी इन्टरनेट सेवा प्रदायकहरुले भारतीय इन्टरनेट सेवा प्रदायक कम्पनीलाई भुक्तानी नगर्दा नेपालको इन्टरनेट सेवा काटिएको हो । नेपालका निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुले करिब ३ अर्ब रकम तिर्न बाँकी रहेको छ ।

इन्टरनेट सेवा प्रदायकले खरिद गरेको अन्तर्राष्ट्रिय इन्टरनेट ब्यान्डविथबापतको रकम भुक्तानी गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी मुद्रा सटही सुविधा रोक्दा भारतीय अपस्ट्रिम इन्टरनेट सेवा प्रदायकले भुक्तानी नपाएको भन्दै ब्यान्डविथ आपूर्ति बन्द गरिदिएको हो ।

मुख्य इन्टरनेट सेवाप्रदायक कम्पनीहरु वर्ल्डलिंक, सुबिसु, भायानेट, सीजी लगायतका कम्पनीका इन्टरनेट सेवा बिहीबार साँझदेखि प्रभावित भएका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  २०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update