नेपाल न्युज प्वाइन्ट डटकम
नेपाल पत्रकार महासंघको महाधिवेशन शुरु

काठमाडौं : नेपाल पत्रकार महासंघको २७औं महाअधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनको उद्घाटन गरेका छन् । महाअधिवेशनमा देशभरका विभिन्न शाखाका राष्ट्रिय परिषद् सदस्यहरू सहभागी छन् ।

यसअघि विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आजै बिहान महासंघको अगुवाइमा प्रभातफेरी आयोजना गरिएको थियो । महासंघको २७औं महाअधिवेशन समेतका अवसरमा आयोजित प्रभातफेरी रत्नपार्क शान्तिबाटिकाबाट शुरु भइ भृकुटीमण्डपस्थित महाअधिवेशनस्थल राष्ट्रिय सभागृहमा पुगेर समापन गरिएको थियो ।

प्रभातफेरीमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, पदाधिकारी, पूर्वअध्यक्ष, विभिन्न सञ्चारगृहमा आबद्ध पत्रकारहरुको सहभागिता थियो । प्रभातफेरीमा नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन नेपाललगायत संघसंगठनका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update