
झापा : झापाको दमकमा एक छात्रामाथि गोली प्रहार भएको छ । हिमालय माध्यमिक विद्यालयमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गरेकी १७ वर्षीया एनिका अधिकारीमाथि दमक वडा नं. ५ ज्येष्ठ नागरिक प्रतिष्ठान नजिक गोली प्रहार भएको प्रहरीले जनाएको छ ।
उनी दमकमा डेरा गरी बसेर पढ्दै आएकी थिइन् । अधिकारीलाई सिरहाका अमितकुमार यादवले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
गोली प्रहारबाट घाइते भएकी अधिकारीको दमकस्थित लाइफलाइन अस्पतालका सघन उपचार कक्षमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अधिकारीको पेटमा गोली लागेको र अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । पेटमा लागेको उक्त गोली झिकिसकिएको पनि अस्पतालले जानकारी दिएको छ ।
गोली प्रहार गर्ने व्यक्ति गोली प्रहार गरेर फरार रहेको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।