नेपाल न्युज प्वाइन्ट डटकम
सय रुपैयाँको नोटमा नयाँ नक्सा राख्ने नेपाल सरकारको निर्णयप्रति भारतको असन्तुष्टि

काठमाडौं : नेपाललेले एक सय रुपैयाँको नोटमा नयाँ नक्सा राख्ने निर्णयप्रति  भारतले असन्तुष्टि जनाएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरले सीमा समस्या समाधानका लागि दुई देशबीच निरन्तर छलफल भइरहेको अवस्थामा नेपालले एकतर्फी रूपमा निर्णय गरेको बताएका छन् ।

गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले एक सय रुपैयाँको नोटमा अहिलेको नक्साको सट्टा चुच्चे नक्सा राख्ने निर्णय गरेको थियो ।

 पत्रकारहरूसँको कुराकानीमा जयशंकरले नेपालको उक्त कदमले अहिलेको परिस्थिति र जमिनको वास्तविकता नबदलिने प्रतिक्रिया समेत दिएका छन्।

नेकपा एमालेका अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ सालमा लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायतका भूभाग समेटिएको राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो । उक्त नक्सामा भएको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र भारतले दाबी गर्दै आएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ११:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update