जापानकी विदेशमन्त्री योको काठमाडौंमा

काठमाडौं : जापानी विदेशमन्त्री योको खामिखावा योको काठमाडौं आइपुगेकी छन् । एक दिने भ्रमणको क्रममा उनी काठमाडौं आएकी हुन् ।
श्रीलंकाको दुई दिने भ्रमण सकेर काठमाडौं आएकी उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएकी हुन् । विमानस्थलमा उनलाई परराष्ट्र मन्त्रालयका अधिकारीहरुले स्वागत गरेका थिए ।
उनले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र समकक्षी नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१ १२:३२
प्रतिक्रिया दिनुहोस्