नेपाल न्युज प्वाइन्ट डटकम
दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २४ दशमलव ५८ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७४ दशमलव ३७ मा सीमित भएको छ । कूल ९७ लाख ६२ हजार आठ सय तीन कित्ता शेयर रु तीन अर्ब ७९ करोड ५७ लाख ४८ हजार दुई सय ९६ मूल्यमा कारोबार भयो । 

स्टकका अनुसार कारोबारका आधारमा नेपाल फाइनान्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु १२ करोड ६४ लाख ९९ हजार सात सय ५३ बराबरको कारोबार भयो । यस्तै, डोल्टी पावर नौ दशमलव  ५६, साधना लघुवित्त आठ दशमलव  ७२, समता घरेलु लघुवित्त आठ दशमलव  ७२, कुमारी बैंकको ऋणपत्र चार दशमलव शून्य तीन र नबील ब्यालेन्स फण्ड तेस्रोका लगानीकर्ताले तीन दशमलव ८९ प्रतिशतले कमाएका नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

पिपल्स पावर नौ दशमलव ९२, सिँगटी हाइड्रोपावर इनर्जी सात दशमलव ५५, हिमालयन डिस्टिलरी छ दशमलव ३३, जानकी फाइनान्स पाँच दशमलव ६९ र बोटलर्स नेपाल तराईका लगानीकर्ताले भने पाँच दशमलव २३ प्रतिशत घाटा व्यहोर्नुपरेको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update