जनकपुरमा शुभश्री सहकारीको ८० लाख लुटपाट

जनकपुर : जनकपुरमा सहकारी संस्थाका एक कर्मचारीको ८० लाख रुपैयाँ लुटिएको छ ।
शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर रकम लुटपाट भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका दुई जना हतियारधारीले रकम लुटेको महतोको भनाइ छ ।
महतो बैंकबाट रकम निकालेर सहकारीतर्फ जाँदै गर्दा उक्त घटना भएको प्रहरीको भनाइ छ । रकम लुटपाट गर्नेहरुको खोजीकार्य भइरहको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१ १४:०८
प्रतिक्रिया दिनुहोस्