नेपाल न्युज प्वाइन्ट डटकम
सुनकोशी-मरिण डाइभर्सन सुरुङको ब्रेक थ्रु

काठमाडौं : राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सिन्धुली-सुनकोशी-मरिण डाइभर्सन सुरुङको ब्रेक थ्रु गरिएको छ ।

सिन्धुलीस्थित सुनकोशी गाउँपालिका–७ को कानढुंग्रीमा रहेको डाइभर्सनमा प्रधानमन्त्री पुष्पकमल दाहालले स्विच थिचेर बाँकी रहेको केही सेन्टिमिटर सुरुङको ब्रेक थ्रु गरिएको हो ।

सुनकोशी मरिण डाइभर्सनअन्तर्गत सुरुङको काम कमलामाई–२ कुसुमटारदेखि सुनकोशी–७ कानढुंग्रीसम्म हो । सुरुङ निर्माणको अवधि दुई वर्षको भएपनि १९ महिनामै सम्पन्न भएको हो । 

सुरुङ निर्माणमा अटोमेटिक टनेल बोरिङ मेशिन (टीबीएम) प्रयोग गरिएको छ । सुनकोशी मरिणको सुरुङ छिचोलिए पनि अरू काम पूरा गर्न थप एक वर्ष लाग्ने छ ।

सुनकोशी नदीको पानी मरिण खोलामा झारेर ३१ मेगावाटभन्दा बढी क्षमताको बिजुली उत्पादन गर्ने र धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा वर्षौभरि सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य छ ।

३१.७ मेगावाट विद्युत् पनि उत्पादन गर्ने लक्ष्य समेत रहेको गुरुयोजनाअनुसार १३.२ किलोमिटर सुरुङमार्फत ६७ क्विक मिटर सेकेन्डले सुनकोशी नदीको पानी मरिण नदीमा पुर्‍याइने छ।

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update