लागुऔषध कारोबारीलाई पक्राउ गर्न बाँकेमा प्रहरीले चलायो गोली
काठमाडौं : बाँकेमा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ ।
कोहलपुर पिपराहवामा लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर दुई जना कारोबारीलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा कोहलपुर नगरपालिका-१२ चप्पलगौडी बस्ने २६ वर्षीय सुशील परियार र सोही ठाउँका २७ वर्षीय प्रमोद कार्की रहेका छन् ।
प्रहरीको गोली लागेर सुशील परियार घाइते छन् । उनको खुट्टामा गोली लागेको छ । उनीहरूबाट प्रहरीले ११० ग्राम खैरो हेरोइन बरामद गरेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१ ११:३५
प्रतिक्रिया दिनुहोस्