कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीले गरे दाबी पेस
विराटनगर : कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दाबी पेस गरेका छन् । बिहीबार नेकपा एमालेका प्रदेश सांसदहरूसहित पुगेका कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्री दाबी पेस गरेका हुन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार राति संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि २ दिनको समय दिएर आह्वान गरेका थिए ।
कार्कीलाई एमाले र माओवादी केन्द्रका ५२ जना सांसदहरूले समर्थन जनाएका छन् । दाबी पेश भएपछि प्रदेश प्रमुखले एमाले र माओवादी सांसदहरुलाई सनाखत गराउने कार्यक्रम छ।
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१ १२:०७
प्रतिक्रिया दिनुहोस्