नेपाल न्युज प्वाइन्ट डटकम
तोलामा दुई हजार तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं : स्थानीय बजारमा आज सुनको मूल्य तोलामा दुई  हजार तीन सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुन बिहीबार प्रतितोला एक लाख ३५ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । आजका लागि भने छापावाला सुन तोलामा एक लाख ३७ हजार नौ सय रुपैयाँ बराबरको मूल्य निर्धारण भएको छ ।

त्यस्तै, तेजाबी सुन बिहीबार प्रतितोला एक लाख ३४ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो । आजका लागि भने तेजाबी सुन एक लाख ३७ हजार दुई सय ५० रुपैयाँ निर्धारण भएको छ ।

यसैगरी, चाँदी भने तोलामा ५० रुपैयाँले बृद्धि भएको छ । बिहिबार प्रतितोला एक हजार छ सय ८५ रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक हजार सात सय ३५ रुपैयाँ निर्धारण भएको जनाइएको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update