नेपाल न्युज प्वाइन्ट डटकम
दिल्लीका मुख्यमन्त्री केजरीवाल अन्तरिम जमानतमा रिहा, २ जुनमा आत्मसमर्पण गर्नुपर्ने

काठमाडौं : दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सर्वोच्च अदालतले अन्तरिम जमानतमा रिहा गर्न आदेश दिएको छ । अदालतले उनलाई जुन २ तारिकमा आत्मसमर्पण गर्न भनेको छ । मार्च २१ देखि हिरासतमा रहेका केजरीवालले अब जुन १ सम्म लोकसभा चुनावको प्रचार गर्न सक्नेछन् ।

अन्तरिम जमानतको घोषणा गर्दा अदालतले केजरीवालको गिरफ्तारीलाई चुनौती दिने सम्पूर्ण मुद्दाको सुनुवाइ चाँडै टुंगिने बताएको छ ।

मदिरा सम्बन्धी नीतिगत निर्णयमा अनियमितता गरेको आरोपमा आम आदमी पार्टी (आप)का नेता केजरीवाल ४० दिनदेखि तिहाड जेलमा छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update