नेपाल न्युज प्वाइन्ट डटकम
कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

कांग्रेसको नाराबाजीपछि सभामुख देवराज घिमिरेले जेठ १ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

सभामुखले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको मागअनुसार बोल्न समय दिएपछि कांग्रेसले निरन्तर रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।

सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेसले सदन अवरोध गरिरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update