सम्पत्ति शुद्धीकरण मुद्दामा इच्छाराज तामाङ दोषी ठहर

काठमाडौं : सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् ।
आइतबार विशेष अदालतले उनलाई सम्पत्तिको स्रोत नखुलेको भन्दै सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको हो ।
विशेष अदालतका न्यायधीहरु टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङलाई दोषी ठहर गरेको हो ।
तामाङलाई हुने सजाय तोक्न भने बाँकी छ । उनलाई ३ वर्षभन्दा बढी सजाय हुने भन्दै विशेष अदालतले छुट्टै इजलासमा पेश गर्न आदेश दिएको छ ।
प्रकाशित मिति: आइतबार, माघ ७, २०८० १७:२६
प्रतिक्रिया दिनुहोस्