नेपाल न्युज प्वाइन्ट डटकम
जसपा सरकारबाट बाहिरियो, उपप्रधानमन्त्री यादव र राज्यमन्त्री कार्कीले दिए राजीनामा

काठमाडौं : उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार प्रधानमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा पत्र पठाएका हुन् ।

उनीसँगै राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएपछि जसपा सरकारबाट बाहिरिएको छ ।

दुवै जनाले वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकार मै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएकोले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update