नेपाल न्युज प्वाइन्ट डटकम
दल विभाजनविरुद्ध उपेन्द्र यादवले दिए सर्वोच्चमा रिट

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेर बनेको दललाई निर्वाचन आयोगले मान्यता दिएको विरूद्ध अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

उनले सोमबार निर्वाचन आयोग र जसपा नेपाल छाडेर नयाँ दल गठनमा सहभागी भएका सांसदहरुलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।

यादवले नयाँ दल दर्ता अवैधानिक रहेको भन्दै दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय बदर गर्न अन्तरिम आदेश पनि माग गरेका छन् । मुद्दाको पेसी मंगलबारका लागि तोकिएको छ ।

वैशाख २३ गते अशोक राई पक्षले पार्टी विभाजन गरी जनता समाजवादी पार्टी गठन गरेका थिए ।

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update