नेपाल न्युज प्वाइन्ट डटकम
प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद् विस्तार, स्वास्थ्यमन्त्रीमा यादव, राज्यमन्त्रीमा खान

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबार अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाट एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन् ।

जसपाका सांसद प्रदीप यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री र हसिना खान स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका हुन् ।

यादव र खानले सोमबार नै पद तथा गोपनीयताकाको शपथ लिएका छन् । राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य मन्त्री यादवलाई शपथ खुवाएका हुन् भने राज्यमन्त्रीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले शपथ खुवाएका हुन् ।

जसपा नेपालबाट उपप्रधान तथा स्वास्थ्यमन्त्री बनेका उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री बनेका दिपक कार्कीले सोमबार बिहान मात्र राजीनामा दिएका थिए ।

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  २०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update