नेपाल न्युज प्वाइन्ट डटकम
जीबी राईको पासपोर्ट रोक्का गर्न प्रहरीले गर्‍यो पत्राचार

काठमाडौं : सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्रहरीले राहदानी विभागमा पत्राचार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले राईको राहदानी रोक्का गर्नका लागि आइतबार पत्र लेखेर विभागमा पठाएको हो । राहदानी विभागले भने अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको प्रहरीले जनाएको छ ।

राहदानी ऐन, २०७६ को दफा १२ र दफा १५ अनुसार राहदानी रोक्का वा रद्द गर्न प्रहरीले माग गरेको हो । दफा १२ मा राहदानी जारी नगर्ने वा रोक्का राख्ने भन्ने शीर्षक उल्लेख छ ।

उनीविरुद्ध यसअघि नै इन्टरपोलबाट डिफ्युजन र रेड नोटिस जारी भइसकेको छ । यद्यपि उनी अझै पक्राउ पर्न सकेका छैनन् ।

राईविरुद्ध विभिन्न सहकारीको रकम हिनामिना गरेको भन्दै कास्की, रुपन्देहीलगायत जिल्लामा उजुरी परेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update