इतिहासकार ज्ञानमणि नेपालको निधन
काठमाडौं : इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको निधन भएको छ । नेपालको मंगलबार मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा निधन भएको हो ।
लामो समयदेखि मुटुको रोगलगायत समस्या झेल्दै आएका नेपालको ९२ वर्षको उमेरमा निधन भएको हो ।
नेपाल नेपाली इतिहास लेखनको खोज र अनुसन्धानमा अग्रणी मानिन्छन् । नेपालका २ छोरा छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१ १३:१८
प्रतिक्रिया दिनुहोस्