९८ प्रतिशत जनसंख्यामा विद्युत पुगेको छ : राष्ट्रपति पौडेल
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले कूल जनसंख्याको ९८ प्रतिशत जनसंख्यामा विद्युत पुगेको दाबी गरेका छन् ।
मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले २९ सय मेगावाट विद्युत उत्पादन शुरु भएको बताउँदै ९८ प्रतिशत जनसंख्यामा विद्युत पुगेको बताएका हुन् ।
उनले चालु आर्थिक वर्षमा ३ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको उल्लेख गरे । सुनकोशी मरिन डाइभर्सन आयोजनाको सुरुङ छिचोलिएको बताउँदै राष्ट्रपति पौडेलले विकास निर्माणका कामले तीव्रता आएको बताए ।
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१ १५:२७
प्रतिक्रिया दिनुहोस्